मैत्रीपूर्ण महिला फुटबलमा बुटवल बिजयी

बुटवल (खेलदैनिक) । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ रुपन्देहीको आयोजना र रुपन्देही जिल्ला फुटबल संघको बिशेष सहयोगमा सोमबार एक दिने मैत्रीपूर्ण महिला फुटबल खेल सम्पन्न भएको छ ।

हिमालय सामुदायिक विकास केन्द्रको खेलमैदानमा भएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका महिला फुटबल टोलीबीचको खेलमा बुटवलको महिला टोली १–० ले बिजयी भएको छ । बुटवलको जितमा हेमा फाल मगरले एक मात्र निर्णायक गोरीन् ।

हिन्दुहरुको पवित्र पर्व महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएको सो मैत्रीपूर्ण फुटबल म्याचले महिलाहरुलाई फुटबलतर्फ आकर्षित गर्न थप हौसला मिल्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...