एन्फाको नयाँ लोगो डिजाइनर सम्मानित

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ लोगो डिजाईन गर्ने कलाकार सन्दिप तिवारी सोमबार एक कार्यक्रमका बीच सम्मानित र पुरस्कृत भएका छन् ।

एन्फाले सोमबार होटल हिमालयनमा नयाँ लोगो सार्वजनिक गर्दै तिवारीलाई नगद ५० हजारका साथ सम्मानित गरेको हो । एन्फाले आफ्नो नयाँ लोगो डिजाईनका लागि खुला प्रतिस्पर्धाको आयोजना गरेको थियो । जसमा तिवारीले विभिन्न प्रतिस्पर्धीहरुलाई पछि पार्दै बिजेता बन्न सफल भएका थिए ।

https://twitter.com/Goal_Nepal/status/1102558517515485184

लोगो डिजाईनमा अब्बल बनेका तिवारीलाई एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले सोमबार नै एक कार्यक्रमका बीच पुरस्कार रकम सहित सम्मानित गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...