आयोजक भ्याली पब्लिकको मिश्रित प्रदर्शन

दोश्रो भ्याली पब्लिक कप अन्तरविद्यालय यु–१२ जुनियर ब्वाइज फुटबलमा कुण्डलिनी (रातो) र त्रिज्योतिका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक भ्याली पब्लिक ‘ए’ ले दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगितामा आइतबार मिश्रित प्रदर्शन गरेको छ ।

भंगालस्थित घरेलु मैदानमा भ्याली पब्लिक ‘ए’ ले नव जीवनलाई १–० गोलले पराजित गर्यो । कन्स्टिलेसनले भने भ्याली पब्लिक ‘ए’ लाई ३–० गोलले हरायो ।

त्रिज्योतिले बाल विकास ‘बी’ लाई १–० गोलले पन्छायो । त्रिज्योतिका सम्पूर्णराज न्यौपानेले निर्णायक गोल गरे । बाँकी ३ खेल गोलरहित बराबरीमा टुंगिए । कुण्डलिनीले त्रिज्योति, कुण्डलिनीले बाल विकास ‘ए’ र लक्ष्मीपुरले बाल विकास ‘ए’ विरुद्ध गोलरहित बराबरी खेले ।

प्रतियोगिताको भ्याली पब्लिकका प्रशासन प्रमुख महेशप्रसाद अधिकारीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । फागुन २२ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा १२ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...