हिमालयन कप : देशभक्त फाइनलमा

रुपन्देही (खेलदैनिक) । देशभक्त युवा क्लब, नवलपरासी जारी दशौं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजकको खेलमैदानमा आइतबार भएको दोस्रो सेमिफाइनलमा देशभक्तले दावेदार मानिएको संयुक्त युवा क्लबलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । देशभक्तको जितमा रन्जित आले र शक्ति गुरुङले एक–एक गोल गरे ।

आइतबारको खेलमा देशभक्तका रन्जित आले म्यान अफ द म्याच घोषित भए । देशभक्तले फाइनलमा अब उपाधिका लागि सिद्धार्थ युवा क्लबसँग मंगलबार भिड्ने खेल संयोजक देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...