लोयल्टी कप फुटबल : आयोजक लोयल्टी विजयी

नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबलमा लोयल्टी (नीलो) र टीआईएका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक लोयल्टी एकेडेमीको ‘बी’ टिमले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले टीआईएलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । लोयल्टीका रोहन केसीले ह्याट्रिक गरे । निराजन लिम्बू, छेवाङ शेर्पा र सुहाङ लिम्बूले १–१ गोल थप्दै जित अन्तरलाई फराकिलो बनाए । टीआईएका निश्चल खड्का ‘म्यान अफ द म्याच’ घोषित भए ।

आइतबार हुने ३ खेलमा नेक्ससले हिमालयन, सिद्धार्थ बनस्थलीले त्रिनेत्र तथा विद्या संस्कारले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...