व्यक्तिगत पुरस्कारमा एलनको ह्याट्रिक

पोखरा (खेलदैनिक) । शनिबार मात्र आर्मीलाई हराउँदै १७ औं आहा रारा गोल्डकपको उपाधि जितेको रुस्लान थ्रीस्टार क्लबका गोलरक्षक एलन न्यौपाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यसवापत एलनले एक थान स्कुटर समेत हात पारेका छन् ।

त्यति मात्र नभएर एलन फाइनल खेलको म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत बने । त्यस्तै आर्मीका बिमल पाण्डे, सन्तोष तामाङ र नवयुग श्रष्ठ क्रमशः उत्कृष्ट डिफेन्डर, मिडफिल्डर र फरवार्ड घोषित भए ।

थ्रीस्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार हात पारे । त्यसैगरी थ्रीस्टारका अनिल गुरुङले सवोृच्च गोलकर्ता बन्दै २५ हजार नगद र ट्रफी हात पारे । फेयर प्ले टिम बनेको सशस्त्र प्रहरीको एपिएफ क्लबले १० हजार हात पार्यो ।

स्मरणीय छ, शनिबार आर्मीलाई सडेन डेथमा हराउँदै बिजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ८ लाख १ हजार हात पार्यो भने आर्मीले ४ लाख १ हजारमा चित्त बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...