झापा गोल्डकप शुरु, आयोजक झापाको बिजयी शुरुवात

झापा (खेलदैनिक) । शनिबारदेखि शुरु चौथो मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक झापा–११ ले बिजयी शुरुवात गरेको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापाले सहारा क्लब, पोखरालाई २–० ले हराउँदै बिजयी शुरुवात गरेको हो ।

खेलमा झापाका लागि ४० औं मिनटमा काजिम बुशारीले पहिलो गोल गरे भने ४५ औं मिनटमा सन्जोग राईले दोस्रो गोल गरे । झापाका सन्जोग राई खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार स्वरुप नगद १५ हजार प्राप्त गरे ।

यो जितसँगै झापा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत आइतबारको खेल मोरङ–११ र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...