आहा रारा गोल्डकप : फाइनलमा आज आर्मीलाई थ्रीस्टारको चुनौति

पोखरा (खेलदैनिक) । पोखरामा जारी १७ औं आहा रारा गोल्डकपको फाइनलमा दुई चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्दै छन् ।

पोखरा रंगशालामा दिनको ३ बजेदेखि शुरु हुने आजको फाइनल खेल कडा प्रतिस्पर्धाकाबीच हुने अनुमान छ । दुवै टोलीका कप्तान तथा प्रशिक्षकले पनि आजको खेल प्रतिस्पर्धात्मक हुने बताईसकेका छन् ।

https://twitter.com/Goal_Nepal/status/1101440880970469377

आर्मीले अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । त्यसैले पनि विभागीय टोलीको नजर प्रतियोगितामाथि पहिलोपटक कब्जा जमाउनु पनि हुनेछ ।

फाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले अर्को विभागीय टोली एपिएफ क्लबलाई हराएको थियो भने आर्मीले दावेदार मानिएको दाफिन्स एफसी, क्यामरुनलाई पराजित गरेको थियो ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ४ लाख १ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...