लोयल्टी कप शुरु, सिद्धार्थ बनस्थलीको जित

नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । सिद्धार्थ बनस्थलीले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा सिद्धार्थ बनस्थलीले काष्ठमण्डपलाई ३–० गोलले पराजित गर्यो । सिद्धार्थ बनस्थलीका कृष थापा मगरले २ तथा जेनिश रेग्मीले १ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा विद्या संस्कारले काठमाडौं भ्यालीलाई १–० गोलले हरायो । विद्या संस्कारका सुलभ कार्कीले निर्णायक गोल गरे । काठमाडौं भ्यालीका सोनाम नुर्बु तामाङ ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । नकआउट प्रतियोगितामा १० टिम सहभागी छन् । फाइनल फागुन २२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...