हिमालयन कप : संयुक्त सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । सहज जितका साथ संयुक्त युवा क्लब रुपन्देहीमा जारी दशौं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजकको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा संयुक्तले फर्साटिकर युवा क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । संयुक्तको जितमा म्यान अफ द समेत घोषित अजित गुरुङले दुवै गोल गरे ।

शुक्रबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । संयुक्तले अब सेमिफाइनलमा अब आइतबार देशभक्त युवा क्लब, नवलपरासीको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत शनिबारको पहिलो सेमिफाइनल एन्फा एकेडेमी, बुटवल र सिद्धार्थ युवा क्लबबीच हुने खेल संयोजक देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...