झापा (खेलदैनिक) । शनिबारदेखि शुरु हुन गईरहेको चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
झापा गोल्डकप आयोजक समितिको आयोजनामा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा फागुन १८ गते शनिबार आयोजक झापा–११ ले सहारा क्लब, पोखराको सामना गर्नेछ ।
मगमग चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ । झापाको बिर्तामोडा स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गते हुनेछ ।
