हिमालयन कप : भैरवलाई स्तब्ध पार्दै एन्फा एकेडेमी सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । एन्फा एकेडेमी, बुटवल रुपन्देहीमा जारी दशौं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजकको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा एन्फाले प्रतियोगिताको दावेदार मानिएको भैरव एफसी, नवलपरासीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

नियमित समयतर्फ भैरवका लागि झम बहादुर पाईजाले गोल गरेका थिए भने एन्फा एकेडेमीका लागि सदिप केसीले गोल गरेका थिए । खेलमा एन्फा एकेडेमीका गोलरक्षक सुशान्त भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र संयुक्त युवा क्लबबीच हुने खेल संयोजक देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...