नेपाली महिला फुटबल टोलीलाई जनही एक लाख

काठमाडौं (खेलदैनिक) । हालै भारतमा सम्पन्न चार देश सम्मिलित हिरो गोल्डकप महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला टोली नगदसहित सम्मानित हुने भएका छन् । सो नगद सम्मान अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने घोषणा गरेको हो ।

बुधबार मात्र बिराटनगर पुगेका एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र अन्य पदाधिकारीहरुले सो नगद सम्मानबारे घोषणा गरेका हुन् । स्मरणीय छ, हिरो गोल्डकपको फाइनलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित हुन पुगेको थियो । यद्यपि नेपाली टोलीले प्रतियोगितामा आफूभन्दा निकै माथिल्लो वरियताका भारत र इरान जस्ता टोलीलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

https://twitter.com/Goal_Nepal/status/1100906845424812035

नेपाली महिला टोली हाल यहि फागुनको २८ गतेदेखि शुरु हुन गईरहेको साफ महिला च्याम्पियनसिपको तयारीमा व्यस्त छ । प्रतियोगिता पहिलोपटक काठमाडौं बाहिर बिराटनगर स्थित शहिद रंगशालामा हुँदैछ ।

त्यस्तै एन्फाले महिला फुटबल टोलीले साफ च्याम्पियनसिप जिते थप सम्मान गर्ने समेत बताएको छ । नेपाली महिला टोलीले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छैन । यद्यपि यसपटक पनि नेपाललाई प्रतियोगिताको दावेदार मानिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...