हिमालयन कप : सिद्धार्थ सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । रुपन्देहीमा जारी दशौं हिमालयन कप नकआउट फुटबल प्रतियोगितातर्फ मंगलबार जित हात पार्दै सिद्धार्थ क्लब, चपरहट्टी सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजकको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा सिद्धार्थले युनाइटेड कपिलवस्तुलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । सिद्धार्थको जितमा अनिश गुरुङले एक मात्र निर्णायक गोल गरे ।

खेलमा सिद्धार्थका निर्णायक गोलकर्ता अनिश गुरुङ म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत बुधबार भने खेल नहुने आयोजकले जनाएको छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल बिहीबार एनफा एकेडेमी, बुटवल र भैरव स्पोर्टस् क्लब, नवलरासीबीच हुने खेल संयोजक देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...