पुलिसका प्रशिक्षक अनन्तले आफ्नो पुरस्कार रकम खेलाडीसँग बाँडे

बुटवल (खेलदैनिक) । सोमबार सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपतर्फ उत्कृष्ट प्रशिक्षक बनेका अनन्तराज थापाले आफ्नो पुरस्कार रकम क्लबका दुई खेलाडीसँग बाँडेका छन् ।

फाइनलमा दाफिन्ससँग सडेन डेथमा पराजित भएको नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तले उत्कृष्ट प्रशिक्षकको पुरस्कार वापत २५ हजार नगद प्राप्त गरेका थिए । यद्यपि उनले त्यसमध्येबाट ५–५ हजार रकम क्लबका दुई महत्वपूर्ण खेलाडी तेज तामाङ र मान बहादुर परियारलाई दिएका छन् ।

आफ्नो फेसबुक वालमा तस्विरसहितको एउटा स्टेटस पोष्ट गर्दै प्रशिक्षक थापाले टोलीको प्रदर्शनमा तेज र मान बहादुरको पनि उत्कृष्ट योगदान रहेको र उनीहरु पनि पुरस्कारको हकदार रहेको भन्दै आफूले प्राप्त गरेको नगद रकम टोलीका दुई महत्वपूर्ण खेलाडीसँग बाँडेका हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...