दफिन्सलाई बुटवलमा नगद, पोखरा कपको उधारो यथावत

बुटवल (खेलदैनिक) । सोमबार सम्पन्न २१ औ तिलोत्तमा गोल्डकपको बिजेता दफिन्स एफसी, क्यामरुनले पुरस्कार राशी उपाधिसहित नगद नै पाएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले दाफिन्सलाई पुरस्कार रकम वापत ८ लाख ८० हजार रुपैया नगदनै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार)ले बताए ।

यस अघि पोखरामा सम्पन्न भएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५को बिजेता समेत रहेको दफिन्स टिमले अहिलेसम्म पुरस्कार बापतको रकम नपाएको बुझिएको छ । दुई साता अघि एन्फा कास्कीको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा बिभागिय टिम एपिएफलाई ०–१ ले पराजित गर्दै ७ लाख ५५ हजार रुपैया पुरस्कार सहित कप उठाएको दफिन्सले नगद पुरस्कार नपाई चेक पाएको थियो ।

दफिन्सलाई आयोजकले केही दिन पछिको मिति राखी चेक दिएको थिए । मनकामना केबलकार पोखरा कपको नगद पुरस्कार रकमबारे जिज्ञासा राख्दा दाफिन्सका प्रबन्धक सगुन श्रेष्ठले आयोजकले अहिले पैसाहरु सबै नउठेको, स्पोन्सरबाट पनि उठन बाँकी रहेको भन्दै ब्याक डेट चेक दिएको बताए । साथै उनले आपसी समझदारीमा ब्याक डेटको चेक लिएको समेत स्पष्ट पारे ।

आयोजकले खबर गरे पछि बैंकबाट सटही गर्नु होला भनेको कुरा समेत प्रबन्धक श्रेष्ठले बताए । उता सा प्रतियोगिताको उपविजेत ाबनेको एफिएफले पनि पुरस्कार बापतको रकम अहिले सम्म प्राप्त नगरेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...