रुपन्देहीका कप्तान गुरुङ बने तिलोत्तमा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

बुटवल (खेलदैनिक) । सोमबार सम्पन्न २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक लाली रुपन्देहीका कप्तान आशिष गुरुङ घोषित भएका छन् । गुरुङले पुरस्कार स्वरुप एक थान स्कुटर प्राप्त गरे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक दाफिन्स एफसीका प्रिसो घोषित भए भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकको अवार्ड भने क्रमश नेपाल पुलिस क्लबका बिक्रम धिमाल, हेम तामाङ, रवी पासवान र अनन्त थापाले हात पारे ।

विधागततर्फ उत्कृष्ट सबैले जनही २५–२५ हजार हात पारे । स्मरणीय छ, सोमबार भएको फाइनल खेलमा दाफिन्सले नेपाल पुलिस क्लबलाई सडेन डेथमा हराउँदै २१ औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...