आहा रारा गोल्डकप : उत्कृष्ट पूनरागमनका साथ आर्मी सेमिफाइनलमा

पोखरा (खेलदैनिक) । त्रिभुवन आर्मी क्लब जारी १७ औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनल खेलमा आर्मीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै हिमालयन शेर्पा क्लबलाई ३–१ ले हरायो ।

पोखरा रंगशालामा भएको खेलको २७ औं मिनटमा प्याट्रिक गोहाको गोलबाट शुरुवाती अग्रता बनाएको शेर्पाले त्यसलाई अन्तिमसम्म जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

आर्मीका लागि नवयुग श्रेष्ठले ७१ औं मिनटमा बराबरी गोल गरे भने ७९ औं मिनटमा दोस्रो गोल गरे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा जर्ज प्रिन्स कार्कीले तेस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

खेलमा दुई गोल गरेका आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको खेल रुस्लान थ्रीस्टार क्लब र युनाइटेड सिक्किमबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...