युवा टोलीको जितमा अभिषेकको लगातार दोस्रो ह्याट्रिक

काठमाडौं (खेलदैनिक) । अभिषेक रिजालले लगातार दोस्रो ह्याट्रिक गरेपछि भारतको गुवाहाटीमा जारी नर्थ इष्ट इन्टरनेशनल यु–२१ गोल्डकपमा एन्फा यु–२१ टिमले शनिबार लगातार दोस्रो जित हात पारेको छ ।

दोस्रो जित हात पार्ने क्रममा नेपाली युवा फुटबल टोलीलाई मणिपुरलाई ३–१ ले हरायो । नेपाली टोलीको जितमा अभिषेक रिजालले ह्याट्रिक गरे । प्रतियोगितामा अभिषेकको यो लगातार दोसे ह्याट्रिक पनि हो । यसअघि उनले त्रिपुरा विरुद्ध पनि ४ गोल गरेका थिए ।

शनिबार मणिपुर विरुद्ध खेलको १९ औं मिनटमा अभिषेकले अनिल महर्जनको पासमा पहिलो गोल गरे । त्यस्तै एरिक बिष्टको क्रस पासमा खेलको ३० औं मिनटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गरे भने ७८ औं मिनटमा पेनाल्टीबाट तेस्रो गोल गर्दै अभिषेकले ह्याट्रिक पूरा गरे ।

उता पराजित मणिपुरका लागि खेलको ५४ औं मिनटमा सोंग्पु सिंगसिटले एक मात्र सान्त्वना गोल फर्काए । नेपाल, भारत, बंगलादेश र भुटानका गरी कुल ११ टोलीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाली टोलीको समूहमा नागाल्याण्ड, मेघालय, मणिपुर, त्रिपुरा र मिजोरम रहेका छन् ।

नेपाली टोलीले आफ्नो चौथो खेल आउँदो सोमबार नागाल्याण्डसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...