महिला साफ : पाकिस्तानले नखेल्ने निश्चित

काठमाडौं (खेलदैनिक) । यहि फागुनको अन्तिम सातादेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।

गोलनेपालका अनुसार यहि फागुन २८ देखि चैत ८ गतेसम्म बिराटनगरको शहिद रंगशालामा पहिलोपटक आयोजना हुन गईरहेको साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले सहभागिता नजनाउने भएको हो ।

स्मरणीय छ, यसअघि समूह ए तर्फ आयोजक नेपालसँगै पाकिस्तान, भुटान र बंगलादेश रहेका थिए । तर अब पाकिस्तानले सहभागिता नजनाउने भएपछि समूह ए तर्फ नेपाल, भुटान र बंगलादेशले प्रस्पिर्धा गर्नेछन् । त्यस्तै समूह बी तर्फ साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...