आहा! रारा गोल्डकप : फेरि हार्यो मनाङ, एपिएफ सेमिफाइनलमा

पोखरा (खेलदैनिक) । खराब लयमा देखिएको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

शनिबार पोखरा रंगशालामा सम्पन्न खेलमा मनाङले सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ०–१ ले पराजित हुँदै प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको हो ।

एपिएफको जितमा खेलको ७० औं मिनटमा प्रदिप लामाले एक मात्र निर्णायक गोल गरे । स्मरणीय छ, मनाङ बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा च्यासल युथ क्लबसँग पराजित भएको थियो ।

शनिबारको खेलमा निर्णायक गोल गरेका एपिएफका प्रदिप लामा म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...