तिलोत्तमा गोल्डकप : दोस्रो सेमिफाइनलमा च्यासल र पुलिसको भिडन्त

बुटवल (खेलदैनिक) । जारी २१ औं तिलोत्तमा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब आमने सामने हुँदैछन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा ३:३० बजे देखि शुरु हुने आजको खेलतर्फ दुवै टोलीमा अधिकांश परिचित र युवा अनुहार भएकाले पनि खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

https://twitter.com/Goal_Nepal/status/1099117605753884673

प्रतियोगितामा बाई पाएर सोझै क्वाटरफाइनल खेलेको पुलिसले दार्जिलिङ युनाइटेडको चुनौति पन्छाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । उता च्यासलले भने पहिलो खेलमा ए डिभिजन लिगको उपविजेता संकटालाई हराएको थियो भने क्वाटरफाइनलमा लिग विजेता मनाङलाई पन्छाएको थियो ।

लगातार दुई बलिया टोलीलाई हराएकोले पनि च्यासलको आत्मविश्वास केही बढी पनि छ । उता निरन्तर अभ्यास र शारीरिक रुपमा फिट रहने पुलिस पनि च्यासललाई कडा चुनौति दिन तयार छ । भर्खरै खप्तड गोल्डकपको उपाधि जितेको पुलिसले कुनै पनि बेला नतिजा आफ्नो पक्षमा पार्न सक्ने धेरुेको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...