अर्किड कप फुटबल : श्रमशील उपाधि नजिक

चौथो अर्किड कप अन्तरविद्यलय जुनियर छात्र फुबटलमा ‘म्यान अफ द म्याच’ बनेका विनायकका युवराज गोर्खाली (दायाँ) लाई जर्सी प्रदान गरिदै ।

काठमाडौं (खेलदैनिक) । श्रमशील विद्यापीठ र टाइमलाइन चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

श्रमशीलले एकलब्यलाई ३–१ गोलले पराजित गर्यो । श्रमशीलका प्रकाश बस्नेतले ह्याट्रिक गरे । एकलब्यको गोल आत्माघाती थियो । एकलब्यका सन्देश न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए ।

टाइमलाइनले विनायकलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । विनायकका युवराज गोर्खाकाली ‘म्यान अफ द म्याच’ चुनिए ।

फाइनल शनिबार हुनेछ । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रो हुनेले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...