चेन्चो बाधक बन्दा फाइनलमा चुक्यो थ्रीस्टार

काठमाडौं (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लब भुटानमा सम्पन्न जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पारो एफसीसँग पराजित भएको छ ।

शुक्रबार फुन्सोलिङ स्थित पिएसए खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पारोले थ्रीस्टारको चुनौति १–० ले समाप्त पार्यो । पारोको जितमा खेलको ७३ औं मिनटमा चेन्चो ग्याल्सेनले एक मात्र निर्णायक गोल गरे ।

यो हारसँगै थ्रीस्टारको सिजनको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने योजना पनि तुहिन पुग्यो । उपविजेता बनेको थ्रीस्टारले १ लाख ६० हजार हात पार्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...