सिजनको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने योजनामा थ्रीस्टार

काठमाडौं (खेलदैनिक) । भुटानमा जारी प्रतिष्ठित जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा आज नेपालको चर्चित रुस्लान थ्रीस्टार क्लबले फाइनलमा भुटान कै घरेलुु टोली पारो एफसीको सामना गर्दैछ ।

फुन्सोलिङ स्थित पिएसए मैदानमा हुने आजेको फाइनल खेल जिते थ्रीस्टारका लागि त्यो सिजनको पहिलो अन्तर्राष्ट्रिय उपाधि हुनेछ । यद्यपि उसले सिजनको पहिलो उपाधिका लागि रुपमा भने यसै बर्षको सिमरा गोल्डकप जितेको थियो ।

https://twitter.com/Goal_Nepal/status/1098768116136464384

फाइनल प्रवेश गर्ने क्रममा पारोले पहिलो खेलमा फुन्सोलिङ एसएलाई हराएको थियो भने क्वाटरफाइनलमा प्राण जयगाँवलाई पराजित गरेको थियो । त्यस्तै सेमिफाइनलमा भने नेपालकै त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

उता बाई पाएर सोझै क्वाटरफाइनल खेलको थ्रीस्टारले पहिलो खेलमा उगेन एकेडेमीलाई हराएको थियो भने सेमिफाइनलमा युनाइटेड ब्रदर्शनलाई पराजित गरेको थियो । थ्रीस्टारको आजको खेल नेपालको प्रतिष्ठासँग समेत जोडिएकोले पाटने क्लबको आजको खेल समग्र नेपालीका लागि पनि महत्वपूर्ण हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...