किरणलाई ‘सहारा बर्ष खेलाडी’को अवार्ड

पोखरा (खेलदैनिक) । नेपाली फुटबल टोलीका नम्बर एक गोलरक्षक किरण चेम्जोङ सहारा बर्ष खेलाडीको अवार्डबाट सम्मानित भएका छन् ।

किरणलाई बिहीबारदेखि शुरु १७ औं आहा रारा गोल्डकपको उद्घाटन कार्यक्रममा सहारा क्लब पोखराले नगद सहित सो अवार्डद्वारा सम्मानित गरेको हो । सहारा क्लबले गत बर्षदेखि राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने योजना अनुरुप यो अवार्डद्वारा यस बर्ष किरणलाई सम्मानित गरिएको हो ।

यसअघि गत बर्ष यो अवार्ड आर्मीका कप्तान तथा राष्ट्रिय फरवार्ड भरत खवासले हात पारेका थिए । किरणले त्यो अवार्डसँगै नगद ३५ हजार र सम्मानपत्र समेत हात पारे ।

माल्दिभ्सको टिसी स्पोर्टस्बाट व्यवसायिक फुटबल खेलिरहेका किरणले गत बर्ष सम्पन्न धिवेही प्रिमियर लिगतर्फ उत्कृष्ट गोलरक्षको पुरस्कार समेत जितेका थिए । साथै क्लबलाइृ लिग च्याम्पियन बनाउन पनि किरणले महत्वपूर्ण योगदान दिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...