आहा रारा गोल्डकप शुरु, एपिएफको बिजयी शुरुवात

पोखरा (खेलदैनिक) । बिहीबारदेखि शुरु प्रतिष्ठित १७ औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी शुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको १७ औं मिनटमा बिनोद गुरुङको गोलबाट अग्रता लिएको सहाराले त्यसलाई एक मिनट पनि जोगाउन सकेन ।

उता लगतै १८ औं मिनटमा आशिष लामाले एपिएफका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा एपिएफका बर्तमान राई म्यान अफ द म्याच घोषित भए ।

सहारा क्लब, पोखराको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ८ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ४ लाख १ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि फागुन १८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...