बहराईनबाट मनाङमा फर्किए अजिज

बुटवल (खेलदैनिक) । अफ्रिकी डिफेन्डर शाहिद अजिज बहराईनबाट फर्किएर लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध भएका छन् । यसअघि न्युरोडटिम (एनआरटी) बाट समेत खेलेका डिफेन्डर अजिजले बिहीबार बुटवलमा भएको २१ औं तिलोत्तमा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मनाङका लागि च्यासल विरुद्ध खेलेका थिए ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको त्यो खेलमा मनाङले च्यासलसँग १–० को हार बेहोरेको थियो । खेलपश्चात् कुराकानीका क्रममा अजिजले आफू आउँदै गरेको एएफसी कपमा मनाङका लागि खेल्ने समेत बताए । अजिजले नेपाल छाडेपछि बहराईनको अल शबाब क्लबबाट व्यवसायीक फुटबल खेलेका थिए ।

मनाङले लिग च्याम्पियनको हैसियतमा एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ । एएफसी कपमा मनाङले मिनर्वा पञ्जाब (भारत), ढाका अवहानी (बंगलादेश) र दक्षिण एसियाली प्ले अफबाट छनौट भएर आउने टोली विरुद्ध खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...