राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्न नेपाल आइपुगे कालिन

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्न स्वीडीस प्रशिक्षक योहान कालिन बिहीबार काठमाडौं ओर्लिएका छन् । कालिनलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

एन्फाले कालिनसँगको आर्थिक सम्झौताबारे केही खुलाएको छैन । गोलनेपालका अनुसार एन्फाले यी स्वीडीस प्रशिक्षकसँग कहिलेसम्मको सम्झौता गरेको हो, त्यसबारे पनि विस्तृत रुपमा बताएको छैन । यद्यपि कालिनको आगमन, नियुक्ती र सम्झौता लगायतको सबै कुराको जानकारी दिन एन्फाले छिटै पत्रकार सम्मेलनको आयोजना गर्ने बताइएको छ ।

https://twitter.com/Goal_Nepal/status/1098561486761480192

कालिन बिहीबार काठमाडौं आर्लिए लगतै सिधै सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुगेका थिए । त्यहाँ उनले एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अन्य पदाधिकारीहरुसँग भेटघाट समेत गरेका थिए ।

स्मरणीय छ, कालिन युइएफए लाइसेन्स प्राप्त प्रशिक्षक भए तापनि उनले अहिलेसम्म राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका छैनन् । यद्यपि उनकै प्रशिक्षकीय जिम्मेवारीमा केही बर्ष अघि सम्पन्न रेडबुल ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले सनसनी मच्याउँदै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...