तिलोत्तमा गोल्डकप : मनाङलाई स्तब्ध पार्दै च्यासल सेमिफाइनलमा

बुटवल । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै च्यासल युथ क्लब जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा च्यासलले मनाङलाई १–० ले स्तब्ध तुल्यायो । च्यासलका लागि दोस्रो हाफको शुरुवात मै अर्मन्डले एक मात्र निर्णायक गोल गरे । अर्मन्डले ४८ औं मिनटमा हेमन्त थापा मगरको फ्रिकिक पासमा हेडद्वारा एक मात्र निर्णायक गोल गरे ।

कडा प्रतिस्पर्धाका बीच भएको खेलमा मनाङले पनि केही राम्रो गोलको अवसरलाई सदुपयोग गर्न सकेन । खेलको अन्तिमतिर प्रकाश बुढाथोकीको फ्रिकिक प्रहार बारमा लागेर फर्किनु मनाङका लागि दुर्भाग्यपूर्ण बन्यो । यो जितसँगै सेमिफाइनलमा पुगेको च्यासलले अन्तिम चारमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

बिहीबारको खेलको म्यान अफ द म्याच च्यासलका गोलरक्षक दिनेश थापा मगर घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक लाली रुपन्देही–११ र दाफिन्स एफसी, क्यामरुनबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...