तिलोत्तमा गोल्डकप : मनाङ र च्यासल आज भिड्दै

बुटवल (खेलदैनिक) । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दै छन् ।

बुटवल टेक्निकल सेन्टरको मैदानमा दिनको ३:३० बजे शुरु हुने आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ । आफ्नो पहिलो खेलमा दार्जिलिङ युनाइटेडलाई हराएको च्यासल त्यो जितको लयलाई आज पनि निरन्तरता दिने योजनामा हुनेछ ।

https://twitter.com/Goal_Nepal/status/1098422935042355200

उता लिग जिते यता खराब लयमा देखिएको मनाङले लिगपछि कुनै घरेलु प्रतियोगितामा आफनो दबाब कायम राख्न सकेको छैन । त्यसैले पनि आजको खेल मनाङका लागि पुरानो लय समाउने गतिलो माध्यम पनि बन्न सक्नेछ । यद्यपि दुवै टोलीमा उत्कृष्ट खेलाडीहरुको सम्मिश्रण रहेकाले खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...