भेट्रान फुटबल : सिन्धु क्वाटरफाइनलमा

प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबलमा ‘म्यान अफ द म्याच’ बनेका सिन्धुका विष्णु रोका (बायाँ) लाई पुरस्कृत गरिदै ।

काठमाडौं (खेलदैनिक) । सिन्धु स्पोर्ट्स प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिन्धुले बनेपा ब्वाइजलाई २–१ गोलले पराजित ग¥यो । सिन्धुका विष्णु रोका ‘म्यान अफ द म्याच’ घोषित भए । अन्य खेलमा फ्रिडम नखिपोट ‘बी’ ले अभिषेक चर्चलाई ५–१, वेस्टर्न चितवनले किङ कम युथ क्लबलाई १–० र नमुना युथ क्लब, रुपन्देहीले फ्रिडम नखिपोट ‘ए’ लाई १–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

फ्रिडम ‘बी’ का धर्मेन्द्रराज शाही, वेस्टर्नका नवीन राना मगर र नमुनाका सन्तोष बस्नेत ‘म्यान अफ द म्याच’ चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...