प्रथम सेभेन ए साईड वेगनास कप हुने

पोखरा (खेलदैनिक) । पोखराको पर्यटकीय स्थल वेगनासताल किनारमा यहि फागुन १२ गते देखि सेभेन ए साईड फुटवल हुने भएको छ । “शभ्यता र संस्कृतिका लागि खेलकुद“ भन्ने मुख्य नाराका साथ पहिलो पटक क्लवले फुटबल प्रतियोगिता गर्न लागेको वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

युवालाई लगानी गरौं भन्ने सोचलाई मुर्त रुप दिनका लागि हिन्दुहरुको पर्व महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटवल प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु १,०५,५५५ हात पार्नेछ भने उपविजेताले रु ५५,५५५ प्राप्त गर्नेछ । त्यस्तै तेश्रो स्थान हासिल गर्ने टोलीले पनि पुरस्कार स्वरुप नगद रु १५,५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगर िप्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकर ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोलरक्षकले रु ५००० प्राप्त गर्नेछन् । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो ।

प्रतियोगिता संचालन गर्न करिब रु ८ लाख ५० हजार खर्च लाग्नेछ भने ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । वेगनासताल वाध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको क्लवका अध्यक्ष राम रानाभाटले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...