आहा रारा गोल्ड कपको पूर्व सन्ध्यामा मोटरसाइकल रेली

पोखरा (खेलदैनिक) । आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ को पूर्व सन्ध्यामा बुधबार पोखरामा मोटरसाईकल रेली निकालिएको छ । विहिबारदेखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको उक्त प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा मोटरसाईकल रेली निकालिएकोह ो ।

पोखरा रंगशालाबाट सुरु भएको रेली पृथ्बीचोक, मुस्ताङचोक, पार्दीविरौटा, राष्ट्रबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सिद्धार्थचोक, विन्ध्यवासिनी मन्दिर, बगर, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, रामबजार हुदै रंगशालामा पुगेर समापन भएको थियो ।

यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले रेलीको उद्घाटन गर्दै पोखरामा हुने फुटवल प्रतियोगितालाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताए । सहारा क्लवले प्रतियोगिताको पूर्व सन्ध्यामा प्रचारात्मक रुपमा मोटरसाईकल र्याली प्रर्दशन गरिएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

विहीबार हुने उद्घाटन खेलमा शसस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध आयोेजक सहारा क्लव बिच खेल हुने भएको प्रतियोगिता संयोजक हरीराम गुरुङ (सुरज) ले बताए । प्रतियोगितामा यस पाली दुई विदेशी सहित १० टिमहरुले सहभागिता जनाउने छन् ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ प्रतियोगिता हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...