भुटान : रोमाञ्चक जितका साथ थ्रीस्टार फाइनलमा

काठमाडौं (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फुन्सोलिङ स्थित पिएसए मैदानमा बुधबार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले युनाइटेड ब्रदर्श एफसीलाई रोमाञ्चक रुपमा ३–२ ले हरायो । थ्रीस्टारका लागि खेलको २४ औं मिनटमा दिनेश राजवंशीले पहिलो गोल गरे भने लगतै २८ औं मिनटमा रन्जन बिष्टले त्यो अग्रता दोब्बर पारे ।

यद्यपि खेलको ३९ औं मिनटमा बिशिष्ट सुब्बाले युनाइटेडका लागि पहिलो गोल फर्काउँदै टोलीललाई खेलमा फर्किने सम्भावना देखाए । तर ८२ औं मिनटमा बुद्ध चेम्जोङले थ्रीस्टारका लागि तेस्रो गोल गर्दै पाटने क्लबको जित पक्का गरे । उता खेलको अन्तिमतिर इन्जुरी समयमा युनाइटेडका लागि सोनाम लेप्चाले एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

अब उपाधिका लागि थ्रीस्टारले फाइनलमा पारो एफसीको सामना गर्नेछ । पारोले मंगलबार मात्र अर्को नेपाली क्लब त्रिभुवन आर्मीलाई हराउँदै यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...