महिला फुटबल : कन्काई र माउण्ट एभरेष्ट उपाधिका लागि भिड्ने

काकरभिट्टा । जारी अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा कन्काई एफसी र माउण्ट एभरेष्ट उपाधिका लागि भिड्ने भएका छन् ।

नेपाल लोकतान्त्रीक खेलकूद सघको आयोजनामा मंगलबार भएको पहिलो सेमीफाइनले खेलमा माउण्ट एभरेष्टले तरुण संघ भारतलाई सड्न डेथमा ५–४ गोल अन्तरले पराजित गरेको छ । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १– १ को बराबरी खेलेका थिए । खेलको वुमन अफ द म्याच बिजेता टिमका बिमला थापा घोषित भएका थिइन् ।

त्यस्तै दोश्रो सेमीफाइनल खेलमा कन्काई महिला फुटबल क्लबले फिदिम स्र्पोटिङ्ग क्लबलाइ २–१ गोलले पराजित गर्यो । खेलमा कन्काईकी पबित्रा राई र रिमा तामाङले गोल गरीन् भने फिदिमकी स्मृति राईले एक मात्र सान्त्वना गोल फर्काईन् । खेलमा वुमन अफ द म्याच बिजेता टिमकी रिमा तामाङ घोषित भइन् ।

प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ । नेपाल लोकतान्त्रीक खेलकूद सघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...