आयोजकको जितमा सरोजको ह्याट्रिक

काकरभिट्टा (खेलदैनिक) । नव कालिका युवा क्लबको आयोजनामा शुरु जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली कालिकाले बिजयी शुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा आयोजक नव कालिकाले दमक फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोलको अन्तरले हराउँदै बिजयी शुरुवात गरेको हो ।

खेलमा आयोजकका लागि सरोज कार्की एक्लैले ह्याट्रिक गरे । उता दमकका लागि भने सन्जीब बुढाथोकी र सुजन कार्कीले एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच ह्याट्रिकर्ता सरोज कार्की घोषित भएका थिए । उनले नगद २ हजार सहित ट्रर्फी प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल शनिश्चरे फुटबल क्लब र सतासीधाम स्र्पोटिङ क्लब बीच हुने आयोजकले जनाएको छ । झापाका कुल ८ क्लबहरुको सहभागीता रहेको प्रतियोगिताका बिजेताले उपाधिसहित नगद ५१ हजार एक सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ३१ हजार एक सय ११ रुपैया प्राप्त गर्नेछ ।,


प्रतिक्रिया दिनुहोस

Loading...