२७ औं माछापुच्छ्रे कप सुरु, एलसी ब्रदर्शको बिजयी शुरुवात

भैरहवा (खेलदैनिक) । माछापुच्छ«े कप नकआउट फुटबल प्रतियोगिताको २७ औं सस्करण मंगलबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ ।

भैरहवा स्थित पक्लिहवा कृषी क्याम्पसको मैदानमा सूरु भएको खेलमा लखन चोक ब्रदर्श (एलसी ब्रदर्श)ले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा एलसीले कृषि क्याम्पस पक्लिहवालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा स्थान सुरक्षित गर्यो ।

एलसीको जितमा आदर्श पुन एक्लैले दुई गोल गरे भने पराजित कृषि क्याम्पसका लागि सुभाष क्षेत्रीले एक मात्र सान्त्वना गोल फर्काए । प्रतियोगिता अन्तरगत ८ गते बुधबारको खेल डिएमसी, मंगलापुर र भैरव युवा क्लब नयाँगाउँ, बुटवल बिच हुने आयोजकले जनाएको छ ।

माछापुच्छ्रे क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यहि आउँदो फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा कुल १५ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...