नेपालका स्टार फुटबलर रोहित जर्कातासँग नयाँ सम्झौता नजिक

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहित चन्द इण्डोनेसियन च्याम्पियन पर्सिजा जकार्तासँगको नयाँ सम्झौता नजिक पुगेका छन् ।

यसअघि रोहित अष्ट्रेलियन लिग खेल्न त्यसतर्फ जाने हल्ला समेत चलेको थियो । यद्यपि गोलनेपालका लागि रोहितले जकार्तासँग आगामी सिजनका लागि नयाँ सम्झौता गर्ने पक्का भएको छ । तर क्लबले रोहितसँगको सम्झौताबारे बिस्तृत रुपमा भने केही खुलाएको छैन ।

https://twitter.com/Goal_Nepal/status/1097884530575376384

रिपोर्ट अनुसार रोहित केही दिन मै क्लबसँगको नयाँ सम्झौतामा हस्ताक्षर गर्न इण्डोनेसियातर्फ प्रस्थान गर्नेछन् । स्मरणीय छ, हालै सम्पन्न भएको इण्डोनेसियन सुपर लिगतर्फ रोहित लिगभरि कै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...