भुटान : आर्मीको चुनौति सेमिफाइनलबाट समाप्त

काठमाडौं (खेलदैनिक) । त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।

मंगलबार फुन्सोलिङ स्थित पिएसए मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले पारो एफसीसँग १–० को झिनो अन्तरले हार बेहोर्यो । खेलको अन्तिमतिर सम्हालिन नसकेको आर्मीले त्यसको मूल्य हारबाट चुकाउनु पर्यो ।

पारोका लागि खेलको अन्तिमतिर ८६ औं मिनटमा दिवस सुब्बाले उत्कृष्ट गोल गर्दे घरेलु टोलीलाई रोमाञ्चक जित दिलाए । प्रतियोगिता अन्तरगत बुधबारको दोस्रो सेमिफाइनल खेल नेपालको अर्को टोली रुस्लान थ्रीस्टार क्लब र युनाइटेड ब्रदर्श एफसीबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...