तिलोत्तमा गोल्डकप : पुलिस सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा पुलिसले पाहुना टोली दार्जिलिङ युनाइटेडलाई २–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा पुलिसका लागि पहिलो हाफको अतिरिक्त समयमा रवि पासवानले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफतर्फ ६८ औं मिनटमा मिलन राईले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

मंगलबारको खेलमा पुलिसका रवि पासवान म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको तेस्रो क्वाटरफाइनल खेल झापा–११ र दाफिन्स एफसी, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...