रुपन्देहीमा एन्फा रेफ्री कोर्ष शुरु

बुटवल (खेलदैनिक) । रुपन्देही जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष पहलमा रुपन्देहीमा एन्फा रेफ्री कोर्ष शुरु भएको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबारदेखि औपचारिक रुपमा शुरु भएको कोर्षमा रुपन्देही र आसपासका जिल्लाका गरि कुल २५ जनाको सहभागिता रहेको छ ।

रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) को अध्यक्षतामा भएको कोर्ष पहिलो दिन एक कार्यक्रमका बीच रुपन्देही फुटबल संघका महासचिव लोक पुनले सञ्चालन गरेका थिए ।

त्यस्तै बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा साता दिनसम्म चल्ने कोर्ष कार्यक्रमको सञ्चालन र प्रशिक्षण भने पूर्व वरिष्ठ फिफा रेफ्री श्रीराम रन्जितकार, फिफा रेफ्रीद्वय लव खत्री र रोजेन श्रेष्ठले गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...