कन्काई महिला फुटबल क्लब सेमीफाइनलमा

काकरभिट्टा (खेलदैनिक) । कन्काई महिला फुटबल क्लब जारी अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा कन्काईले सतासीधाम स्र्पाेटिङ्ग क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

कन्काईको जितमा दुवै गोल वुमन अफ द म्याच समेत घोषित पवित्रा राईले गरीन् । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरीन् । नेपाल लोकतान्त्रीक खेलकूद सघको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनलतर्फ मंगलबार माउन्ट एभरेष्ट क्लब सुनसरी र भारतको तरुण सघ, हन्सकुवा भिड्ने भएका छन् ।

त्यस्तै दोश्रो सेमीफाइनल खेल फिदिम स्र्पोटिङ्ग क्लब र कन्काई फुटबल क्लब बिच हुने भएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार प्राप्त गर्नेछ भने उपविजेताले २० हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...