झापा गोल्डकप यहि फागुन दोस्रो सातादेखि

झापा (खेलदैनिक) । चौथो मगमग झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि फागुन १८ गतेदेखि शुरु हुने भएको छ । झापा गोल्डकप आयोजक समितिका अनुसार बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गते हुनेछ ।

प्रतियोगितामा नेपालका शिर्ष डिभिजनका टोली तथा भारतका टोलीहरुको सहभागिता रहने अनुमान गरिएको छ । त्यस्तै प्रतियोगितालाई मगमग चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...