तिलोत्तमा गोल्डकप : च्यासल क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । च्यासल युथ क्लब जारी २१ औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले सिएमजी संकटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । च्यासलको जितमा दुवै गोल दोस्रो हाफमा सम्पन्न भए ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफ शुरु भए लगतै गोल गर्न सफल भएको थियो । च्यासलका लागि पहिलो गोल ४९ औं मिनटमा अफ्रिकी खेलाडी अर्मन्डले गरे । पहिलो गोल गरेको पाँच मिनट बित्न नपाउँदै ५३ औं मिनटमा सजिन थापा मगरले च्यासलका लागि दोस्रो गोल गरे । जुन खेलको अन्तिम गोल समेत बन्यो ।

खेलमा च्यासलका लागि पहिलो गोल गरेका अर्मन्ड म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको च्यासलले फागुन ९ गते लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन ७ गते मंगलबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली दार्जिलिङ युनाइटेड, भारतबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...