तिलोत्तमा गोल्डकप : च्यासल र संकटाको भिडन्त आज

बुटवल (खेलदैनिक) । यहाँ जारी प्रतिष्ठित २१ औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितातर्फ आज दुई परिचित टोली च्यासल युथ क्लब र सिएमजी संकटा क्लब भिड्दै छन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिनको ३:३० बजेदेखि शुरु हुने आजको खेल पनि कडा प्रतिस्पर्धात्मक हुने अनुमान छ । भर्खरै सम्पन्न पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ शानदार प्रंदशृन गर्दै उपविजेता बनेको संकटा पछिल्लो समय घरेलु नकआउट फुटबल प्रतियोगितामा उपाधि विहिन छ ।

https://twitter.com/Goal_Nepal/status/1097329081534857218

उता केही चर्चित र नाम चलेका युवा खेलाडीहरुलाई लिएर उत्रिने च्यासल पनि बलियो नै मानिएको छ । पूर्व राष्ट्रिय कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको च्यासलले आज संकटाले कडा चुनौति दिने अनुमान गरिएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधिसहित नगद ८ लाख ८० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...