नेपाली महिला टोलीले इटहरीमा अभ्यास क्याम्प थाल्ने

काठमाडौं (खेलदैनिक) । भारतमा सम्पन्न चारदेशीय हिरो गोल्डकपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज नेपाल फर्किदैछ । काकरभिट्टा हुँदै नेपाल आउन लागेको नेपाली टोली सोझै काठमाडौं भने फर्किने छैन् ।

गोलनेपालका अनुसार नेपालले यहि महिनाको अन्तिमदेखि आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपको तयारीका लागि नेपाली महिला टोलीले इटहरी मै अभ्यास क्याम्प सञ्चालन गर्ने भएको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा हुन गईरहेको महिला साफ च्याम्पियनसिपतर्फ आयोजक नेपाल, भुटान, बंगलादेश र पाकिस्तान समूह ए मा रहेका छन् । त्यस्तै साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...