धाइजन चारआलीलाई लक्ष्मीपुर भेट्रानको उपाधि

बिर्तामोड (खेलदैनिक) । तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको उपाधि डिफेन्डिङ च्याम्पियन धाइजन चारआली भेट्रान क्लबले जित्न सफल भएको छ ।

कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुरमा शनिबार सम्पन्न फाइनल खेलमा दमक लखनपुर भेट्रान क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि रक्षा गरेको हो । खेलको ३४औँ मिनेटमा सुरज श्रेष्ठले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

लक्ष्मीपुर भेट्रान एफसीले आयोजना गरेको पूर्वाञ्चलस्तरीय प्रतियोगितामा कुल ८ टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित ट्रफी हात पार्यो ।

विजेता तथा उपविजेता टिमलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, आयोजकका अध्यक्ष राजन कटुवाललगायतले पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...