तिलोत्तमा गोल्डकप : आयोजक रुपन्देही सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । आयोजक लाली रुपन्देही जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार भएको खेलमा रुपन्देहीले सुनसरी–११ लाई सडेन डेथमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा आयोजक रुपन्देहीका डिफेन्डर रामजी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको खेल सिएमजी संकटा क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...