तिलोत्तमा गोल्डकप : रुपन्देही–११ र सुनसरी–११ आज भिड्दै

बुटवल (खेलदैनिक) । रुपन्देहीमा जारी प्रतिष्ठित २१ औं तिलोत्तमा गोल्डकपमा आज आयोजक लाली रुपन्देही ११ र सुनसरी–११ आमने सामने हुँदैछन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा दिनको ३ बजेदेखि शुरु हुने आजको खेलमा घरेलु टोलीलाई नै बलियो प्रत्याशी मानिएको छ । घरेलु मैदान र समर्थकका बीच उत्रिने रुपन्देहीले गत संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

https://twitter.com/Goal_Nepal/status/1096964476325318657

यद्यपि शनिबार मात्र सम्पन्न २१ औं बुढासुब्बा गोल्डकपको फाइनल खेलेको सुनसरीमा अधिकांश धराने खेलाडीहरु नै रहने अनुमान गरिएको छ । कति होला त आजको नतिजा ? कसले जित्ला आजको खेल? अनुमान लगाउनुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...